चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

0
12

काठमाडौं । आगामी चैत १७ रिलिज हुने फिल्म ‘प्रेमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र सुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ सार्वजनिक गरिएको छ । चलचित्रमा काल्पनिक काठमाडौंको कथालाई चित्रण गरिएको छ ।
फिल्म बाघठाटा फ्याकट्रीको व्यानरमा बन्न लागेको हो । निर्देशक भण्डारीका अनुसार फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ ।
ट्रेलर बाघठाटा फिल्म फ्याक्ट्रीको युटयुव च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका साथै, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेतलगायतको अभिनय रहेको छ ।