‘छक्का पञ्जा ४’ ले विनिशालाई दिएको खुसी

0
25

काठमाडौं । अभिनेत्री विनिशा हमाललाई ‘छक्का पञ्जा ४’ निकै फलदायी बनेको छ । लामो समयदेखि कलाकारिता क्षेत्रमा रहेकी अभिनेत्री हमाल ‘छक्का पञ्जा ४’ मा निकै प्रसंसा बटुल्न सफल भएकी छन् । विनिशाको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा ४’ अहिले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ ।

‘छक्का पञ्जा ४’ ले अहिले १० करोड कमाइ गरेको आँकडा पार गर्न सक्नेछ । चलचित्रमा विनिशाको अभिनयको पनि समिक्षकले प्रशंसा गरेका छन् । सन् २०११ मा प्रदर्शन भएको फिल्म ‘स्वर’ बाट अभिनय क्षेत्रमा अभिनेत्रीका रुपमा डेब्यु गरेकी थिइन् । ‘स्वर’ पछि उनले एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छन् ।