आज सुनको मूल्य घट्यो

0
28

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । हिजो (आइतबार) नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा आज भने तोलामा सात सय रूपैयाँले घटेको हो ।

पछिल्ला दिनहरुमा सुनको मूल्य लगातार बढिरहेको थियो । आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।