सञ्चार मन्त्री शर्मा भारत प्रस्थान

0
34

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत प्रस्थान गरेकी गर्नु भएको छ । सरकारकी प्रवक्तासमेत रहनु भएकी सञ्चारमन्त्री शर्मा भारतका विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गर्नु भएको हो ।

मन्त्री शर्मा बुधबार अन्तराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँदिल्लीमा स्थापना भएको अइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सो कार्यक्रममा विभिन्न देशका सञ्चार मन्त्रीहरू सहभागी हुने छन् । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका सञ्चारमन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनुहुने छ ।

मन्त्री शर्माले विहीबार भारतीय समकक्षी अश्विनी वैष्ढासँग दुई पक्षीय भेटवार्ता गर्नु हुनेछ । साथै, मन्त्री शर्मा भारतस्थित नेपाली दूतवास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम छ ।