काठमाडौं । आफूसँग भएको केही पैसा बचत होस् भन्ने चाहना सबैको हुन्छ । चाहेँ त्यो दैनिक होस् वा महिना दिनमा आउने तलब । तर, पैसा बचत गर्न त्यति सजिलो भने छैन । पैसा त हो लिएर हिँडेपछि खर्च भइहाल्छ ।
हामीले आफ्नो बानीमा केही सुधार गर्यौँ भने थोरै/धेरै पैसा बचत गर्न सकिन्छ । र, आफ्नो योजनाअनुसारका विभिन्न कामहरू पनि गर्न सकिन्छ । विशेषगरी महिलाले आफूसँग भएको पैसालाई व्यवस्थित गर्दै बचत गर्ने हो भने भविष्यमा आउने आर्थिक समस्याबाट सहिजै मुक्ति पाइन्छ । आज हामी केही टिप्स लिएर आएका छौँ, जसले पैसा बचत गर्न तपाईंलाई सहयोग गर्छ ।
ऋणको बोझ हटाउनु होस्
बचत गर्नुअघि तपाईंसँग ऋण छ भने त्यसलाई समाप्त गर्ने कोसिस गर्नु होस् । ऋणमुक्त हुनु भयो भने मात्र बचत गर्न सक्नु हुनेछ । साथै, ऋण तिरेपछि ऋणका लागि तिर्दै आएको ब्याजलाई बचतमा परिणत गर्न सक्नु हुनेछ ।
बचतको लक्ष्य निर्धारण गर्नु होस्
कसरी र कहाँकहाँबाट बचत गर्न सकिन्छ त्यो पत्ता लगाउनु होस् । सबैभन्दा पहिला बचत गरिरहेको छु भनेर कल्पना गर्नु होस् । यो कल्पनाले बचत गर्ने बानी बसाल्न सहयोग गर्छ । आफ्नो मनमा बचत गर्ने उत्प्रेरणा जगाउनु होस् ।
यति समयमा यति बचत गर्छु भनेर समय र पैसाको सीमा निर्धारण गर्नु होस् । तपाईंको बचत थोरै होस् वा धेरै तर, बचत भने गर्नु होस् । यदि पैसा बचत गरेर केही गर्न चाहनुहुन्छ, जस्तो घर बनाउने, व्यवसाय गर्ने, वा सानो बचत गरेर त्यसलाई पनि बढाउने । लक्ष्य बनाउनैपर्छ र लक्ष्यअनुसार बचत गर्नैपर्छ ।
पहिला बचत गर्नु होस्
जति सक्नुहुन्छ त्यति बचत गर्नु होस् । तलब, व्यवसाय वा अन्य कुनै माध्यमबाट आएको पैसालाई पैसा आउनसाथ सय रुपैयाँ होस् वा पाँच/दश हजार नै जे जति सक्नुहुन्छ छुट्ट्याएर बचतमा हाली हाल्नु होस् । आफ्नो बचत गर्ने योजनालाई धोका नदिनु ।
धुम्रपान तथा अन्य अनावश्यक खर्च कम गर्नु होस्
धुम्रपान सेवन गर्दै आउनु भएको छ भने यो बन्द गर्नु नै सबैभन्दा राम्रो उपाय हो । तर, तपाईंलाई धुम्रपान बन्द गर्नुहोस् भन्न नमिल्ला । आपूmले खाने धुम्रपानमा जति पैसा खर्च हुन्छ त्यसलाई कटौती भने पक्कै गर्नुपर्छ ।
जस्तो दिनमा ५ वटा सिगरेट पिउनुहुन्छ भने अब दिनमा १/२ वटा मात्र पिउनुहोस् । यहीँबाट तपार्इंसँग केही पैसा जम्मा हुन्छ । धुम्रपान र अनावश्यक खर्चलाई कटौती गर्दा तपाईंले स्वास्थ्यमा गर्ने खर्चको पनि बचत हुन्छ । बजारमा जे देख्यो त्यो किन्ने नगर्नु होस् आवश्यक सामान मात्र किन्नु होस् ।
स्वचालित रूपमा बचत गर्नु होस्
स्बचालित रूपमा बचत गर्नुहोस् जस्तो आपैm गएर बचत गर्ने होइन कि यसका लागि सहकारीका कर्मचारीलाई आपूmले बचत गर्ने ठाउँमा बोलाउनुहोस् वा, आफ्नो एकाउण्टबाट तुरुन्त बचत एकाउन्टमा ट्रान्सफर गर्नु होस् । यो काम तपाईंले दिनमा, हप्तामा वा महिनामा गर्न सक्नु हुनेछ ।
सानो रकमबाट बचत गर्न शुरू गर्नु होस्
बचत गर्ने बानी छैन तर बचत गर्न चाहनुहुन्छ भने सानो रकमबाट बचत गर्नु होस् । छोटो लक्ष्यका लागि पनि बचत गर्नु होस् । सत्य यो पनि हो कि हामीले छोटो अवधिका लागि बचत गर्यौं भने बढी बचत गर्न सक्छौं ।
जस्तो, तपाईंले ६ महिनाका लागि बचत गर्छु भनेर बचत गर्न सक्नुहुन्छ । छोटो समयका लागि बचत गर्ने बानीले दीर्घकालीन बचत गर्न सिकाउँछ । यसपछि नयाँ लक्ष्यका साथमा लामो समय बचत गर्न सक्नुहुन्छ ।
२४ घण्टाको नियम प्रयोग गर्नु होस्
आवेगमा आएर महँगो र अनावश्यक सामान तथा वस्तु खरीद नगर्नु होस् । २४ घण्टाको नियम लगाउनु होस् र २४ घण्टामा अनावश्यक र महँगो सामान खरिद नगर्ने प्रतिबद्धता जनाउनु होस् । भोलिपल्ट पनि त्यसै गर्नु होस् । सामान किन्दा अति आवश्यक र कम मूल्यको सामान किन्न सक्नुहुन्छ । र, काम चलिरहेको छ भने अनावश्यक सामान नथप्नु ।
पारिवारिक खर्च कम गर्नु
कहीँ बिदामा जाँदा होस् वा अन्य समयमा परिवारका सदस्य, नातेदार वा साथीलाई उपहार कम ल्याउनु होस् । यसले तपाईंलाई आर्थिक तनाव मात्र कम गर्दैन बचत पनि गराउँछ ।
बाहिर खाने बानीलाई कटौती गर्नु होस्
यो धु्रव सत्य कुरा हो कि घरबाट लग्ने खाजा वा अफिसमा सबैजनाले मिलेर सगोलमा खाने खाजाको मूल्यभन्दा खाजा पसलमा गएर दैनिक खाजा खाँदा धेरै पैसा खर्च गर्नुपर्छ । साथै, बाहिर धेरै खाने बानी छ र बचत पनि गर्ने सोचमा हुनुहुन्छ भने तपाईंले गलत गरिरहनु भएको छ ।
बाहिर बजारको खाना खाने पैसाले घरमा आफै पकाएर खाँदा पैसाको धेरै बचत हुन्छ । कतिसम्म भने हामी आप्mनो बोतलमा पानी बोक्दैनौ तर बजारमा किनेर पिउँछौ ।
मदिरा सेवन गर्नुहुन्छ भने रेस्टुराँमा गएर मदिरा सेवन नगर्नु होस् । एकपटक रेस्टुराँमा गएर पिएको मदिराको मूल्यले तपाईं घरमा १ महिनाका लागि खाद्यान्न पुग्न सक्छ । सके मदिरा पिउँदै नपिउनुहोस् । नपीकन सक्नु हुँदैन भने रेस्टुराँमा होइन, थोरै मात्रमा घरमा ल्याएर पिउनु होस् । यसो गर्नाले खर्चमा कटौती त हुन्छ नै बचत पनि धेरै हुन्छ ।
स्वास्थ्यमा हेलचेक्र्याइँ नगर्नु होस्
नियमित स्वास्थ परीक्षण गर्नु होस् । यसले तपार्इंलाई तत्काल पैसा खर्च भएको देखिए पनि दीर्घकालमा यसले बचत नै गरेको हुन्छ । स्वस्थ परीक्षणमा खर्च गर्न लोभ नगर्नु होस् ।
खर्च कम हुने बाटो पहिल्याउनु होस्
तरकारी किन्दा सामान्य पसलभन्दा सब्जी मन्डीलाई छान्नु होस् । मन्डीबाट तरकारी ल्याउँदा आधा नै सस्तो पर्न सक्छ । यसले पनि पैसा बचत गर्छ । दिनैपिच्छे नजिकैको पसलबाट खाद्य सामग्री ल्याउनुको सट्टा ठूलो होलसेलबाट महिना दिनलाई पुग्ने सामग्री ल्याउनुभयो भने यसबाट धेरै बचत गर्न सक्नुहुन्छ ।
नियमित बचत गर्नु
बचत गर्दा आज गर्यो, फेरि नगर्यो त्यसो गर्नु हुँदैन । नियमित बचत गर्ने बानी बसाल्नु होस् । आफ्ना बालबालिकालाई पनि थोरैथोरै पैसा बचत गर्न सिकाउनुहोस् ।