काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा दुई सयले घटेको छ । यस अघि गत बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै तोलाको एक लाख एघार हजार पुगेको थियो । त्यसयता सुनको मूल्यममा गिरावट आएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार पाँच सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्दै तोलाको १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।