काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिलाई मानव वेचविखनविरुद्धको क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । शुभ अवसर ग्राम नेपाल र लैङ्गि हिंसा नियन्त्रण सञ्जालको संयुक्त रूपमा शुक्रबार र शनिबार काठमाडौँमा सो तालिम प्रदान गरिएको हो ।
तलिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै का.म.पा सामाजिक विकास विभाग प्रमुख गोपालप्रसाद पोखरेलले जघन्य अपराध स्वीकार्य नहुने यसलाई नियन्त्रण गर्न सामाजिक सङ्घ, संस्था र सरकारको समन्वय आवश्यक रहेको बताउनु भयो ।
तालिममा जनप्रतिनिधिलाई मानव बेचविखनविरुद्धको अवधारणात्मक स्पष्टताको बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा मानव बेचविखनमा लिङ्ग र लैङ्गिकताको अन्तर सम्बन्धलाई जोड दिंदै मानव बेचविखनमा महिला मात्र नभएर पुरुष तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति पनि पर्ने गरेको जानकारी गराइयो ।
तालिममा मानव बेचविखन तथा अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले प्रभावित तथा पीडित उद्धारम भएका कामको बारेमा जानकारी दिनुभएको थियो ।
दातृ निकाय गुड शेफर्ड इन्टरनेशनल फाउन्डेशनका नेपाल प्रतिनिधि टस्किला निकोलसले मानव बेचविखनविरुद्धको ऐन परिमार्जित गर्न नेपाल सरकार र स्थानीय सरकारसँग सहकार्य गर्ने जानकारी दिनुभयो । पछिल्लो समय मानव बेचविखनको स्वरूप फरक–फरक ढंगले आईरहेकाले यसमा कानुनको आवश्यकता औँल्याउनुभयो ।
शुुभ अवसर ग्राम नेपाल २०५५ सालमा स्थापना भएको संस्था हो । यसले स्थापना कालदेखि महिला बालबालिका माथि हुुने हिंसा न्यूनीकरणमा काम गर्दै आइरहेको छ ।
तालिमको समापन गर्दै जिल्ला प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सिताराम रिजालले जघन्य अपराध न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रशिक्षणमा नेपाल प्रहरी र जनप्रतिनिधि गरी ३२ जना सहभागी भएका थिए ।