निराको हत्यारालाई एक हप्ता वित्दा पनि प्रहरीले पक्राउ गर्न किन सकेको छैन् ? माननीय रायमाझी

0
47

काठमाडौं । गत हप्ता हत्या गरेर मारिएकी निरा पाण्डे आचार्यको घटना भएको एकहप्ता वितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेकोमा माननीय विजुला रायमाझीले घटनाका दोसी तत्काल पत्ता लगाइ कारवाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार सदनमा बोल्दै माननीय रायमाझीले वैशाख ७ गते दिउँसो काठमाडौं महानगरपलिका वडा नं ६ सरस्वतीनगरमा भाँडा पसल गर्दै आएकी निराको हत्या विभात्स तरिकाले भएको भएपनि प्रहरी अझैँ अपराधी नजिक नपुगेको उहाँको भनाइ छ ।

‘एक हप्ता वितिसक्दा पनि दोसी हठर हुन नसक्नुमा यहाँ संका उत्पन्न भएको छ,’ उहाँ भन्नुहुन्छ ।
उक्त घट्नामा प्रहरी टोलीले अहिलेसम्म कुनै महत्वपूर्ण उपलिब्ध भने फेला पारेको छैन।