सुनको मूल्यमा सामान्य गिरावट

0
49

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौं हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौं हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलाको एक लाख नौं हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १४ सय १५ रूपैयाँ थियो ।