जेठ ५ देखि नेपालका हलमा ‘डाकिनी’ प्रदर्शनी हुँदै

0
60

काठमाडौं । आगामी जेठ ५ गतेबाट नेपाली हलमा ‘डाकिनी’ प्रदर्शन हुने भएको छ । बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) द्वारा निर्देशित ‘डाकिनी’  नेपालका हलमा प्रदर्शन हुने भएको हो।

‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ जस्ता सफल फिल्मको निर्माता कम्पनी षट्कोण आर्टस्ले यो फिल्मलाई नेपालमा प्रदर्शन गर्न लागेको हो । फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्सहरुमा रिलिज गरिने आयोजकले बताएको छ ।

ग्राण्ड प्रिमियर आयोजनामा सहभागी हुन निर्देशक खिन्से नोर्बु नेपाल आउँदैछन् । उनको काठमाडौं आगमनकै समय पारेर फिल्मलाई रिलिज गर्न लागेको निर्माता म्याक्स दिपेश खत्रीले जानकारी दिनु भयो ।

जेठ ६ गते मूभी लभर्स ग्रुपले पनि यसको विशेष प्रदर्शन गर्दैछ । रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ विषयमा मास्टरक्लास पनि चलाउँदैछन् ।

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।