काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग पाँच खेलको टी (२० सिरिज खेल्ने भएको छ। २९ मेमा सुरु भएर ४ जुनमा सकिने प्रतियोगिता मलेसियामा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिजका सबै खेल बाइएसडी(यूकेएम ओभलमा हुने छन्।
पछिल्लो पटक नेपाली महिला क्रिकेटरले घरेलु मैदानमा एमसिसीको महिला क्रिकेट टिमसँग खेलेका थिए। यस्तै गत असारमा नेपालले एसिसी महिला टी २० च्याम्पियनसिप खेलेको थियो।