काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँचसयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौं हाजर दुई सय रुपैयाँ तोकिएको छ ।
हिजो विहीबार सुन प्रतितोला एकलाख नौं हजार सात सय रुपैयाँ तोकिएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय सत्तरी रुपैयाँमा कारोबार भइरहेको छ ।