नेपाली कांग्रेसकी सांसद मञ्जु खाण आज संसदमा

0
33

नेपाली कांग्रेसकी सांसद मञ्जु खाण आज संसदमाबैठकमा उपस्थित हुनुभएको छ । खाण गत वैशाख २७ गते यता प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहनुभएको थियो ।

वैशाख २७ मा उहाँका श्रीमानसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको थियो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा खाणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
बालकृष्ण पक्राउ परेसँगै मन्जु सार्वजनिक रूपमा नदेखिँदा अनेक चर्चा भइरहेका थिए। कतिपयले उहाँ स्वदेशमा नरहेको दाबीसमेत गरेका थिए।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको थियो।