डाक्टर प्रसन्ना मृत्यु प्रकरणमा दुई जना प्रहरीको नियन्त्रणमा

0
58

काठमाडौं । डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। विहीबार धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा शनिबार प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

शुक्रबार मृतक शाहका परिवारले धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीकै विकल केसी विरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए। सोही आधारमा प्रहरीले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।