जीपको ठक्करबाट शिक्षिका सीताको निधन

0
530

काठमाडौं । जीपको ठक्करबाट शिक्षिका सीता लम्सालको मृत्यु भएको छ । दाङ तुलसीपुरकी लम्साल शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिका हुनुहुन्थ्यो ।

बिहीबार बिहान हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो।

जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएकी सीतालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि बाँकेस्थित नेपालगञ्ज नरसिंह कलेजका लागि रिफर गरिएको थियो। उहाँको उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जानाकरी दिनु भएको भछ ।

जीप र चालक प्रहरीको नियन्त्रणमा छ। सीताका श्रीमान झग्गु केसी पनि शिक्षक नै हुनुहुन्छ। उहाँ तुलसीपुर–४ स्थित गुरु जजुर नमूना उच्च मावि रक्षाचौरमा पढाउँदै आउनु भएको छ ।