काठमाडौं– यस वर्षको मिस नेपाल वर्ल्डको ताज श्रीइच्छा प्रधानले जित्नु भएको छ । शनिबार भएको फाइनलमा उहाँ विजेता घोषित हुनु भएको हो ।
आयोजक द हिडन ट्रेजरका अनुसार अन्तिम प्रतिस्पर्धामध्ये श्रीइच्छा उत्कृष्ट सावित हुनु भएको हो । उहाँलाई गत वर्षकी मिस नेपाल वल्र्ड प्रेङका रानी जोशीले ताज पहिर्याउनु भएको थियो ।
मिस नेपाल इन्टरनेश्नल अवार्ड प्रशिद्धि शाहले प्राप्त गर्नु भएको छ । उहाँलार्ई गत वर्षको मिस नेपाल इन्टरनेश्नल अवार्ड प्राप्त न्यासी खड्काले ताज पहिराउनु भएको थियो ।
यसैगरी, मिस नेपाल अर्थ रैना मजगैयाँले प्राप्त गर्नु भएको छ । उहाँलाई गत वर्ष मिस नेपाल अर्थ अवार्ड प्राप्त सरिता श्रेष्ठले ताज पहिर्याउनु भएको थियो ।
मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुनुहुन्छ। उहाँ आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँनु हुन्छ । २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जित्नु भयो।
जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित हुनुभयो ।