ट्रकको ठक्करबाट घाइते हुनु भएकी सन्तुमायाँको मृत्यु

0
51

काठमाडौँ । आइतबार कलङ्कीमा ट्रकको ठक्करबाट घाइते हुनु भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने सन्तुमाया राउतको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनु भएकी उहाँलाई वीर अस्पताल उपचारका लागि लगिएको थियो । ६४ वर्षीया  राउतको उपचारका क्रममा आज वीर अस्पतालमा नै मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनु भएको थियो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।