निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई १ अर्ब ४२ करोड विनियोजन

0
298

काठमडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको सरकारका अर्थमन्त्रीका रूपमा डा.प्रकाशशरण महतले सोमबार नयाँ बजेट प्रस्तुत गर्नु भएको हो ।

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि सरकारले विद्यालय तहका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सो कार्यक्रमका लागि सरकारले रू. १ अर्ब ४२ करोड विनियोजन गरेका छ । यसबाट १० लाख छात्रा लाभान्वित हुने सरकारको विश्वास छ ।