पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान गरिने

0
143

काठमडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ।
यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको सरकारका अर्थमन्त्रीका रूपमा डा. प्रकाशशरण महतले सोमबार नयाँ बजेट प्रस्तुत गर्नु भएको हो ।

आज प्रस्तुत गरिएको बजेटमा महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः बिस्तार गरिने पनि सरकारले आज प्रस्तुत गरेको बजेटमा उल्लेख गरेको छ ।

पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एच.पी.भी खोप कार्यक्रमलाई बिस्तार गरिने बताइएको छ । सबै संघीय अस्पताहमा बाँझोपन तथा निःसन्तान उपचार सेवा क्रमशः विस्तार गरिने सरकारको भनाइ छ ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिनेछ ।