काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख बाह्र हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख बाह्र हजार एक सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलाको बाह्र हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर रहेको छ ।