झापा । लागूऔषधसहित झापाको शिवसताक्षीबाट दुई जना महिला प्रक्राउ परेका छन् । सोमबार राती उनीहरूलाई शिवसताक्षी नगरपालिकाको झरना टोलबाट पक्राउ गरिएको हो ।
प्रतिबन्धित लागुऔषध बिक्रि बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथी कमल गाउँपालिका(३ बस्ने बर्ष २४ की सन्ध्या राईलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरू लागुऔषध कारोबारी भएको बताइएको छ । दुवैजनालाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।