दाङ । बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार गरिएको छ।
बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ। वृद्धा उपचारका लागि दाङ आउनु भएको थियो । प्रहरीका अनुसार बलात्कार भइरहेकै अवस्थामा दुईजना युवा पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका( १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका(७ का २० वर्षीय रेशम विक रहेका छन्। उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ।
बसपार्क छेऊमा बसेकी उनलाई ती युवकहरूले फकाएर बसभित्र लगेका थिए।
बसभित्र पुर्याएर बलात्कार गर्न थालेपछि वृद्धा चिच्याउनु भएको थियो । उनी चिच्याएको आवाज सुनेर बाटो हिँड्ने सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार वृद्धासँग खान र बस्न पैसा नभएका कारण बसपार्क क्षेत्रमै यताउती डुलेर समय विताउनु भएको थियो ।