नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका पालशिकर

0
99

काठमाडौँ । भारतकी देविका दिलिप पालशिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा नियुत्तः हुनु भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार, ४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रुपमा आउनु भएको हो ।

भारतीय टोलीकी पूर्वखेलाडी पालशिकर विगत लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय हुनुहुन्छ। नेपालको सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा नियुक्त हुने पालशिकर पहिलो विदेशी हुनुहुन्छ।

आफ्नो समयकी अलराउन्डर खेलाडी पालशिकरले भारतका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेल्नु भएको थियो । उहाँ पछिल्लो १० वर्षयता प्रशिक्षकको भूमिकामा सक्रिय हुनुहुन्छ । ब्याटिङ प्रशिक्षकका रुपमा पालशिकरको संलग्नताले नेपाली खेलाडीको क्षमता अभबृद्धिमा मद्दत पुग्ने विश्वकप क्यानले लिएको छ ।

पछिल्लो समय नेपालको राष्ट्रिय महिला क्रिकेट टोली टीट्वान्टी विश्वकप छनोट प्रतियोगिताको तयारीमा ब्यस्त छ । टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ ।

विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ । एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स ९यूएई०, हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।