
नेदरल्यान्ड्स फिफा महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आइतबार अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले अन्तिम आठमा पर्न सफल भएको हो।
नेदरल्यान्ड्सको जितमा जिल रोर्डले खेलको नवौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो । ६८ मिनेटमा लिनेथ वीरस्टेनले नेदरल्यान्ड्सको अग्रता दोब्बर पार्नु भएको थियो ।
अब सेमिफाइनल प्रवेशका लगि नेदरल्यान्ड्सले स्पेनसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्स गत संस्करणको विश्वकपको उपविजेता हो। गत संस्करणको फाइनलमा नेदरल्यान्ड्सले अमेरिकासँग हार बेहोरेको थियो।