सन्दीपको बलात्कार मुद्दाको सुनुवाइ किन भयो स्थगित ?

0
77

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
अदालतका स्रोतका अनुसार केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको जानकारी दिनु भएको छ ।

अदालतमा पीडित गौशाला २६ कि आमाको जन्ममिति फरक फरक देखिने कागजातहरु पेश भएको, गौशाला २६ को जन्म हुँदाको अस्पतालको दर्ता किताबको विवरण पनि अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्नुपर्ने भन्दै बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको सुनुवाइ स्थगित गरिएको हो ।

साथै, नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।

साथै अदालतले अदालतले नियमित सुनुवाई हुने समेत भनेको छ । न्यायाधीश राजकुमार खतिडवाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो ।