एकल महिलामाथि हातपात गरेका साहुले उल्टै प्रहरी लगाएर पीडित तारादेवीलाई पक्राउ गरे

0
72

पर्सा । पर्साका एक साहुले ऋणी एकल महिला र उनका छोरा कुटिएका छन् । पर्साको छिपहरमाई गाउँपालिका– २ बडका टिहुकीमा पीडित एकल महिला तारादेवीले स्थानीय रामेश्वर भन्ने भोला साहसँग ६ लाख ऋण लिनु भएको थियो ।

साहु भोलाले ऋणकै साटो ६ कट्ठा जमिन लेख्न तारादेवी र छोरालाई दवाव दिएका थिए । उनीहरुले साहुको दबाब नमानेपछि शरीरमा नीलडाम हुने गरी कुटपिट गरेर आमाछोरालाई प्रहरीमा थुन्न लगाएका थिए । प्रहरीले पनि घटना गुपचुपमा राखेको थियो । अहिले सो घटना घटना बाहिरिएको हो।

आइतबार बिहान साहु साहले आमाछोरालाई जग्गा पास गर्न दबाब दिएका थिए । उहाँहरुले नमानेपछि साहु साहसहित उनका व्यक्ति प्रदीप साह कानु, भगत साह कानु र सेठ साह कानुलगायतले तारादेवीलाई निर्घात कुटपिट गरेका हुन्। उहाँको शरीरभरि नीलडाम हुने गरी कुटपिट गरेर प्रहरीमा बुझाएको जानकारी दिइएको छ ।

सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा उहाँहरूले पत्रकार सम्मेलनको आयोजना गर्दै साहु कानु र उनका व्यक्तिले आमाछोरालाई कुट्दै इलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएको बताए। साहु साहले ६ लाख ऋणको २१ लाखको कागज बनाएर प्रहरीमा निवेदन दिएका थिए ।

‘६ लाख ऋणको बदलामा साहुले २१ लाखको कागज बनाएर पूरै ६ कठ्ठा घडेरी नै नामसारी गर्न दबाब दिइरहेका छन्,’ तारादेवी भन्छिन्, ‘मैले त्यति रकमबराबरको खेतको जग्गा दिन्छु भन्दा नमानेर उनीहरूले निरन्तर कुटपिट गरे।’

६ लाख ऋण लिएको र सोबापत ६ कट्ठा जमिन आफ्नो नाममा लेख्न दबाब दिएपछि यसको विरोधमा शान्तिसुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी गरेको उहाँले बताउनु भयो। निवेदन दिएको भए पनि कुटिनुपरेको र प्रहरी–प्रशासनले आफ्नो सुरक्षामा चासो नदेखाएको उहाँले आरोप छ।

उहाँले ऋण लिएबापत जग्गा नाममा गरिदिन निरन्तर दबाब आएपछि प्रहरी प्रशासनमा गुहार गर्नु भएको थियो। तर, त्यहाँबाट पनि न्याय नपाएको र साहुले आफूसहित छोरालाई बारम्बार प्रताडित गर्दै आएको उहाँले गनासो गर्नु भयो ।

घटनापछि इलाका प्रहरी कार्यालय, पोखरियाले कुटपिट गर्ने पक्षलाई केही नगरेको, कुटिएका आमा–छोरालाई १० घन्टासम्म नियन्त्रणमा लिएको उहाँहरूले बताउनु भएको छ ।

उहाँहरूका अनुसार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले प्रहरी निरीक्षक मोहनविक्रम केसीको अगाडि छलफल गराई महिला र उहाँको छोरालाई आइतबार राति थुनामुक्त गर्नु भएको थियो ।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले कुटपिटबारे पालिका अध्यक्षको अगाडि थुनामुक्त गरेको बताउनु भयो। प्रहरी निरीक्षक केसीले कुटिएका पीडितलाई घाउ जाँच गर्न वीरगन्ज गएको र उजुरी गरे कुट्नेमाथि कारबाही हुने बताउनु भयो। यता प्रहरीले पीडकको मिलेमतोमा एकल महिलालाई प्रताडित गरेको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनु भयो।