काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । पुस्तकको अनुवादक विप्लव प्रतीक र लेखकरअनुवादक सगुना शाह तथा वी रिडकी सीइओ सुनिती अमात्यले विमोचन गर्नुभयो ।
अनुवादक प्रतीकले शुरूवातीदेखिकै हरेक यात्रा र संघर्षमा कमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ’, उनले भने ।
आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको अनुवादक सगुना शाह बताउनु हुन्छ।
दुई वर्षअघि नै पुस्तकको काम थालिए भर्खर प्रकाशना आएको शाहको भनाई थियो ।