३० वर्षपछि यसरी गर्नुहोस् छालाको हेरचाह, तपाई सधै जवान देखिनु हुनेछ

0
18

काठमाडौं । उमेर बढ्दै गएपछि हाम्रो शरीरमा धेरै प्रकारको परिवर्तन देखिन शुरु गर्छ । बाहिरी सौन्दर्य मात्र होइन शरीरमा रोग समेत बढ्ने गर्छ । उमेर बढ्दै गएपछि तपाईले आफ्नो स्वास्थका साथसाथै सौन्यदर्यमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

जति तपाई सौन्दर्यमा ध्यान दिनुहुन्छ त्यतिनै आफूंमा आत्मविस्वास अनुभव गर्नुहुन्छ । साथै, चाँढै नै बुढो देखिने समस्याबाट नि तपाई मुक्त हुनुहुने छ । आजभोली मोबाइल र ल्याप्टक कम्पूटरमा बस्ने बानीले पनि हाम्रो स्किनलाई चाढो बुढो बनाउँदैछ ।

साथै, सूर्यको प्रत्यक्ष किरणले पनि हाम्रो छालामा चाँडै चाउरी पना ल्याउँछ । त्यसैले हाम्रो छालालाई हामीले जति चाडो यसको हेरचाह गर्छौ त्यति नै यसमा चाउरी पना कम हुन्छ । ३० वर्षपछि हाम्रो छालामा कस्तो समस्या देखिन्छ र यसलाई कसरी हेरचाह गर्ने यसका बारेमा हामीले केही ब्यूटीसियनलाई सोधेका छौं । उहाँहरुका भनाइअनुसार तपाईले आफ्नो छालाको हेरचाह यसरी गर्न सक्नुहुनेछ ।


आँखाको हेरचाह
३० वर्ष कटेपछि पहिला नम्बरमा हामीले हाम्रो आँखाको हेरचाह गनुपर्छ । उमेर बढ्दै गएपछि आँखाको वरिपरीको छालामा चाउरी पना देखिन थाल्छ । जसले तपाईको उमेर बढ्दै गएको संकेत गर्छ । आँखाको हेरचाहका लागि तपाईले आँखा वरिपरी लगाउने क्रिमको प्रयोग गर्न सक्नु हुनेछ ।

आँखाको वरिपरी लगाउने क्रिमले तपाईको आँखाको भागलाई नरम बनाउनुका साथै आँखामा हुने थकानलाई पनि मेटाउँछ । आँखाको हेरचाह गर्दा तपाईले बारम्बार रगेड्ने र बारम्बार आँखामा पानी छ्याप्ने गर्नु हुँदैन । यसले आँखामा नोष्कान गर्छ । तर, विहान र बेलुका अनुहार सफा गर्दा आँखामा पानी छ्याप्दा भने आँखामा हुने विकार हटाउन सहयोग गर्छ ।


रातमा पनि अनुहार र छालको होरचाह गर्नुहोस्
आज भोली घरबाट बाहिर निस्कनसाथ हामी दुषित प्रदुषणको सम्पर्कमा पुग्छौं । दुषित प्रदुषणले हाम्रो अनुहार तथा अन्य भागको छालालाई प्रत्यक्ष असर गर्छ । वातावरणमा भएको धुलो हाम्रो शरीरमा टासिन पुग्छ । साथै, तपाईले बाहिर निस्कदा कटनको सलले आफ्नो अनुहार छोप्न आवश्यक छ । सलले अनुहार छोप्दा केहीं हदसम्म तपाई प्रदुषणबाट बच्न सक्नु हुनेछ ।

साथै, हामी रातमा घर फर्किएपछि अनुहारको हेरचाहमा जुट्नु पर्छ । राती अनुहारलाई राम्ररी धुनुपर्छ । दिनमा लगाएको मेकप धुनका लागि पनि हामीले रातको समयमा अनुहार पखाल्न आवश्यक छ । रातमा नविर्सिकन तपाईले अनुहार पानीले सफा गर्नुहोस् ।


डाक्टरको सल्लाह
तपाईले आफ्नो छालालाई राम्ररी हेरचाह गर्नु भएको छ र सन्तुलित भोजन पनि गर्नु भएको छ तर पनि तपाईको छालमा समस्या आएको छ भने तपाईले तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् । डाक्टरको सल्लाहअनुसार समस्याको सामधान गर्नुपर्छ । डाक्टरको सल्लाहअनुसार गरिएको उपचारले पुनः तपाईको अनुहारमा वा अन्य भागको छालामा पहिला कै जस्तै रौनक ल्याउँने छ ।


सन्तुलित आहार
उमेर बढ्दै गएपछि छालको हेरचाहका लागि खानपानमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । खासगरी, ३० वर्ष उमेर पुगेपछि खानपानमा विशेष ध्यान दिनुपर्छ । सन्तुलित खानाले हाम्रो शरीरलाई मात्र फाइदा गर्दैन यसले छालालाई सुन्दर बनाउन पनि सहयोग गर्छ । हामीले हाम्रो आहारमा तोफू, माछा, मेवा, एभोकाडो, सोयविन जस्ता खानेकुरा खानामा समावेस गर्नुपर्छ । साथै, सलाद अनिवार्य खानुहोस् । छालालाई कागतीको पानी र नरिवलको पानीले पनि फाइदा गर्ने भएकाले यसको सेवन गर्नु होस् । साथै, लामो समयसम्म भोकै नबस्नु होला, समय–समयमा हल्का– फुल्का खाना खाइरहनु पर्छ

३० वर्षपछि हाम्रो छालामा देखिन सक्ने समस्या

छाला सुस्त हुने
चाँढै बुढोपना देखिने
छाला तन्किने
छालमा सुख्खापन आउने
चाउरी पर्ने
मोस्चराइजर लगाउनु होस्

तपाई ३० वर्ष पुगेपछि नियमित रुपमा छालामा मोस्चराइजर लगाउनु पर्छ । मोस्चराइजर गर्नु पूर्व तपाईले आफ्नो छाला कस्तो किसिमको छ ओएली छ वा ड्राइ त्यो छुट्याउनु पर्छ । यसरी छालालाई छुट्याइसकेपछि तपाइले आफ्नो छाला अनुसार घाममा निस्कनु अघि अनुहार र हाललाई फेसवास गर्नुहोस् । त्यसपछि मोस्चराइजर लगाउनु होस् । मोस्चराइजरपछि तपाईले आफूले लाउने गरेको जुनसुकै क्रिम लगाउन सक्नु हुनेछ ।

मोस्चराइजरले तपाईको छालामा पोषण दिने पनि काम गर्छ र छालामा हुने चाउरी पनालाई कम गर्छ । साथै, तपाईले प्रयोग गर्ने मोस्चराइजर भिटामिन सी र बायो ओयल्स भएको प्रयोग गर्नु भयो भने यसले छालालाई नरम पनि बनाइ राख्छ ।
यी कुरा अपनाउनु भयो भने तपाईले फरक अनुभव त गर्नु हुन्छ नै र, स्वास्थयमा पनि परिवर्तन पाउँनु हुन्छ ।