आफ्नै बलबुतामा अघि बढेका विश्वका नौ सफल महिला उद्यमी

0
117

काठमाडौं । केही दशक अघिसम्म व्यापारको दुनियाँमा स्वआर्जन गरी उद्यमी बनेका महिलाको संख्या औंलामा गन्न सकिन्थ्यो । अहिले उद्योग–व्यवसायमा महिलाले ठूलो फड्को मारिसकेका छन् ।

साथै, महिलालाई फेसन हाउस, कस्मेटिक उद्योगीका रूपमा मात्र बुझिन्थ्यो । तर, आज महिला उद्यमीले विभिन्न क्षेत्र घरजग्गा बायोफार्म, मिडियाजस्ता उद्योगमा आफूलाई विस्तार गरिरहेका छन् ।

आज हामीले विश्वका ती महिलालाई छानेका छौँ, जो आफ्नै बलबुतामा सफल उद्यमीको सूचीमा आफूलाई उभ्याउन सफल भएका छन् । र, व्यवसाय जगत्मा आफूलाई अब्बल देखाएका छन् ।

यस लेखमा अन्य धेरै उद्यमी महिला छुट्न सक्छन् तर कडा परिश्रम र बलियो ड्राइभमार्फत विश्व प्रसिद्ध ब्रान्ड निर्माण गर्ने महिलालाई यस सूचीमा राख्ने जमर्को गरिएको छ ।

रियल इस्टेट व्यवसाय
झाङ जिन
कारखानामा काम गर्ने कामदार महिला अहिले चीनकै ठूलो व्यवसायी मध्येकी एक हुन् भन्दा अचम्म लाग्छ । तर, यो वास्तविक हो, चीनकी झाङ जिन रियल इस्टेट व्यवसायी हुन् । उनी रियल इस्टेट डेभलपमेन्ट फर्म एसओएचओ चाइनाकी सहसंस्थापक हुन् । उनी बेइजिङ निर्माण गर्ने महिलाका नामले पनि चिनिन्छिन् ।

जिन कुनै समय कारखानामा काम गर्ने महिला पछि क्याम्ब्रिज विश्वविद्यालयबाट स्नाकोत्तर गरिन् । अहिले झाङसँग ३.५ विलियन डलर बराबरको सम्पत्ति छ । उनी रियल इस्टेट व्यवसायकी सफल महिला व्यवसायी हुन् ।

बायो टेक्नोलोजी व्यवसाय
किरण मजुमदार शा

किरण मजुमदार शा भारतीय बायोफर्मा कम्पनी बायोकोनकी संस्थापक हुन् । उनले बायोकोन शुरू गर्दा सामान्य लगानीबाट शुरू गरेकी थिइन् । अहिले उनको कम्पनीले भारतमा सबैभन्दा धेरै राजस्व तिर्दै आएको छ । उनको कम्पनी एक अब्बल कम्पनीका रूपमा आफूलाई उभ्याउन सफल भएको छ ।

यो कम्पनी सन् २००४ मा पब्लिक कम्पनीका रूपमा भारतीय शेयर मार्केटमा आयो । शेयर कारोबारको पहिलो दिन नै यो कम्पनीले १ विलियन डलर कमाएको थियो । फोब्र्सका अनुसार अहिले शासँग ४.१ विलियन डलर बराबरको सम्पत्ति छ । उनी भारतकी सबैभन्दा स्वआर्जन गर्ने धनी महिला हुन् ।

कार्यालय व्यवस्थापन व्यवसाय
जेनिस ब्रायन्ट हाउरोइड

जेनिस ब्रायन्ट हाउरोइड ‘जेनिस ब्रायन्ट हाउरोइड एक्ट वन’ ग्रुपकी संस्थापक हुन् । एक्ट वन मुख्यतया अमेरिकाको लस एन्जलसमा एक रोजगारी एजेन्सी र परामर्श गर्ने कम्पनी हो । यसका अन्य १९ देशहरूमा १७ हजारभन्दा बढी ग्राहक छन् ।

यो कम्पनी अफ्रिकी अमेरिकी महिलाको नेतृत्वमा वार्षिक १ विलियनभन्दा बढी राजस्व संकलन गर्ने पहिलो कम्पनी हो । उनले सन् १९७६ मा मात्रै १५ सय अमेरिकी डलरबाट कम्पनी शुरुआत गरेकी थिइन् । उनी फोब्र्सको २०२० मा अमेरिकाको सबैभन्दा धनी स्वआर्जन गर्ने महिला सूचीमा परेकी छन् ।

मनोरञ्जन र मिडिया व्यवसाय
ओप्रा विन्पे्रm

मिडिया मुगल ओप्रा विन्फ्रेले मिडिया साम्राज्य निर्माण गर्न लागी परेकी छन् । विन्फ्रे एक टिभी प्रस्तोता हुन् तर पछि उनी उद्यमीका रूपमा उदाइन् । अहिले उनी अक्सिजन मिडिया र केबल स्टेशनकी सह–संस्थापक छिन् ।

सन् २०११ सम्म उनले टक शो चलाउथिन् । त्यसपछि उनले वनः ओप्रा विन्फ्रे नेटवर्क शुरू गरिन् । उनी उक्त कम्पनीको सीईओ समेत हुन् । विन्फ्रेको अहिले कुल सम्पत्ति २.६ विलियन डलर छ ।

बेयन्से
गायिका तथा गीतकारका रूपमा चिनिने बेयन्सेले महिला सोलो कलाकारिताका रूपमा परिचित छिन् । बेयन्सले सन् २०१२ मा पेप्सीकोसँग ५० मिलियनको सम्झौतामा हस्ताक्षर गरिन् ।

उनको कम्पनी पार्कवुड इन्टरटेनमेन्टमार्फत बेयन्सले चलचित्र, संगीत र कपडाहरू उत्पादन गर्छिन् । उनले सन् २०१९ मा स्ट्रिमिङ सेवामा सामग्री उपलब्ध गराउन नेटफ्क्सिसँग ६० मिलियनको सम्झौतामा हस्ताक्षर गरिन् ।

एरियाना हफिङ्टन
एरियाना हफिङ्टनले सन् २००५ मा समाचार वेबसाइट ‘द हफिङ्टन पोस्ट’ शुरू गरिन् । उनले पछि यसलाई २०११ म एओएलमा बेचिन तर उनले विदेशमा हफिङ्टन ब्रान्डको विस्तारलाई भने जारी राखिन् ।

सन् २०१६ मा उलन हेल्थ एण्ड वेलनेस स्टार्टअप थ्राइभ ग्लोबल शुरू गरिन् र हफिङ्टन पोस्टबाट राजीनामा दिइन् । यसमा उनी सीईओको रूपमा नेतृत्व गर्थिन् । टाइम म्यागजिनले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

फेशन र सौन्दर्य व्यवसाय
टोरी बर्च

टोरी बर्चले आफ्नै नामबाट सन् २००४ मा कपडा र फेशन कम्पनी शुरू गरिन् । अहिले उनको टोरी बर्च ब्रान्डले वार्षिक १.५ विलियन बराबरको कारोबार गर्छ । उनी फोब्र्सको सन् २०२० मा विश्वका सबैभन्दा शक्तिशाली महिलाहरूको सूचीमा समावेश भएकी छन् । बर्च एक परोपकारी पनि हुन् जसले महिला उद्यमीहरूलाई समर्थन गर्न टोरी बर्च फाउन्डेशन शुरू गरेकी छन् ।

सारा ब्लेक्ली
महिला र पुरुषका लागि चाहिने स्प्यान्क्स अन्डरगार्मेन्टको शुरुआत ब्लेक्लीले ५ हजार डलरबाट शुरू गरेकी थिइन् । आज उनको ब्रान्डका सामान ५० भन्दा बढी देशमा विक्री हुन्छन् । ब्लेकलीको पनि फाउन्डेशन छ ।

उनको फाउन्डेशनले विश्वभरका महिलाहरूलाई मदत गर्छ । २०२० को आर्थिक संकटको समयमा महिला उद्यमीहरूलाई सहयोग गर्न उनले ग्लोबल गिभिङसँग मिलेर रेड ब्याकप्याक फन्ड शुरू गरिन् । यसले महिला व्यवसायका मालिकहरूलाई ५ हजार डलरभन्दा बढी पुरस्कार प्रदान ग¥यो ।

रिहाना
३३ वर्षीय रिहाना यस सूचीमा सबैभन्दा कम उमेरकी महिला व्यवसायी हुन् । सुपरस्टार गायिकाले आप्mनो अधिकांश ६ सय मिलियन सम्पत्ति फेन्टी ब्यूटीबाट कमाएकी छन् ।

उनले विलासी सामान उत्पादन गर्ने समूह एलभीएमएचसँगको सह–स्वामित्वमा व्यवसाय गर्दै आएकी छन् । उनको फाउन्डेशन, क्लारा लियोनेल फाउन्डेशनले २०२० मा आर्थिक संकट राहतका लागि २२.५ मिलियन जुटायो । रिहाना फोब्र्सको २०२० अमेरिको सबैभन्दा धनी सेल्फ–मेड महिलाको सूचीमा छिन् ।