जिब्रोमा झुण्डिने बन्दागोभीको नयाँ परिकार, यसरी बनाउनुहोस्

0
72


काठमाडौं । बन्दागोभीलाई हामीले सलाद, थुक्पाचाउमिन, चाउचाउ फ्राइ वा तरकारी जस्ता परिकारमा हालेर खाने गर्छौ । बन्दागोभी वजन घटाउनका लागि पनि उपयोगी छ । आज हामी तपाईंलाई बन्दागोभी पकाउने छुट्टै तरिका सिकाउँदै छौं । तपाईंले जसरी बन्दागोभीलाई खाइरहनु भएको छ त्यसभन्दा भिन्दै रुप वा स्वादमा बन्दाको परिकार बनाउने तरिका सिकाउन गइरहेका छौं । आशा छ यसरी घरमा रेष्टुरेन्टकोभन्दा राम्ररी बन्दागोभीको यो स्वादिष्ट परिकार बनाएर खानुहुनेछ ।

परिकारः बन्दागोभीको पिज्जा परिकार

सामग्रीः
बन्दागोभीः एक पाउँ वा आफूलाई चाहिने जति
भेनिगर
प्याज
ससेस
अण्डा
तेल
चिज

बनाउने विधि

एउटा एक पाउको बन्दागोभी ल्याउनुहोस् यसलाई सफा गरेर लामो स्लाइसमा मसिनो मसिने गरेर काट्नुहोस् । काटेको बन्दालाई आधा घण्टा थोरै भेनिगर हालेको पानीमा डुबाउनुहोस् । अर्कोतिर एउटा सिंगो प्याज काट्नुहोस् । प्याजलाई लामो पारेर भन्दा पनि सानोसानो टुक्रामा काट्स सक्नु हुन्छ ।

एउटा ससेसलाई पनि सानो सानो टुक्रामा काट्नुहोस् । काटेको ससेसलाई तातोपानीमा डुबाएर राखिदिनुहोस् । अब एउटा बउलमा दुई वटा अण्डा फुटाएर घोल्नुहोस् । घोलेको अण्डालाई पानीमा झिजाएको बन्दा बाहिर निकालेर त्यसमा अण्डालाई घोल्नुहोस् । र, यसलाई राम्ररी मोल्नुहोस् ।

अब एउटा प्यान वा तावामा थोरै खाने तेल हालेर तताउनुहोस् । तातेको तेलमा अघि बनाएर राखिएको अण्डा र बन्दाको मिश्रणलाई रोटीको सेपमा हाल्नुहोस् । वा मिलाएर रोटीको सेप बनाउनुहोस् ।

यसलाई ४ मिनेट जति छोपिदिनुहोस् । यसरी पकाउँदा मधुरो आँचमा पकाउनुपर्छ । ४ मिनेटपछि यसलाई फर्काइदिनुपर्छ । फर्काएको भाग पाकिसकेको हुनाले यसमा टमाटरको ३ चम्चा ससलाई रोटीको सबैभागमा पुग्नेगरी मिलाएर हाल्नुहोस् ।

यसमाथी अघि काटेको प्याजको टुक्रालाई रोटीको पुरै भागमा छर्नुहोस् । त्यसमाथी, अघि सानो टुक्रामा काटेको ससेसलाई सबैतिर पर्ने गरी मिलाएर राखिदिनुहोस् ।

ससेस तातोपानीमा चोबेको मात्र खान मन लागेन भने तारेको भएपनि हुन्छ । यसमाथीबाट चिजको टुक्रा रोटीको सबैभागमा पुग्ने गरी राख्नुहोस् ।

र, रोटीको छेउमा थोरै खानेतेल पुन राख्नुहोस् र ढक्कनले यसलाई छोपिदिनुहोस् । अब चिज पग्लुन्जेलीसम्म यसलाई ढक्कनले नै छोप्नुहोस् ।

चिज पग्लिसकेपछि ढक्कनलाई उघार्नुहोस् । अब तपाईका अगाडि बन्दाबाट बनेको स्वादिष्ट पिज्जा टाइपको खाजा तयार भएको छ । यसलाई पिज्जाको स्लासमा काटेझै ४ वटा स्लाइस्मा काट्नुहोला ।

यसरी चिज, अण्डा र बन्दाको मिश्रणमा बनाइएको छिटोछरितो खाजा सायद तपाईले अहिलेसम्म खानु भएको छैन् होला, यसलाई चाँढै घरमा बनाएर खानुहोस् र यस्को स्वादको मज्जा लिनुहोस् ।