काठमाडौं । नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक लोकार्पण भएको छ । उक्त पुस्तकको लोकार्पण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गरेका हुन् । पुस्तक लोकार्पण समारोहमा शिवराम कासुलाले दुर्लभ काम गरेको भन्दै उनको प्रशंसा गरिएको थियो ।
कार्यक्रममा बोल्दै संगीत तथा नाट्य प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्माले दुईवर्ष अघि हाम्रै संस्थाको नेतृत्वमा यो विषयमा छलफल भएको र उसै समयमा कासुलाले राम्रो काम गर्नुभएछ भन्ने लागको बताएकी थिइन् । यो दस्तावेज सबैकालागि उत्तिकै महत्वपूर्ण हुने उनले बताइन् ।
अहिलेसम्म अक्षर लिपीमा आएको नृत्यसम्बन्धी किताब नभएको र यो नै पहिलो भएको कार्यक्रममा उपस्थित संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले बताएका छन् । कार्यक्रममा लेखक कासुलाले यो पुस्तक आफैमा एतिहासिक भएको बताएका छन् । उनले आफूले ३० वर्ष लगाएर किताब तयार गरेको उनको भनाइ छ ।
कार्यक्रममा संगित तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, यहीं प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्मा, भैरवबहादुर थापालगायतको सहभागिता रहेको थियो ।