अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु, चारजना घाइते

0
29


बैशाख ८, काठमाडौं । ललितपुरको औधोगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

ललितपुर महानगरीय परिसरका एसपी सिद्धिविक्रम शाहका अनुसार उद्योगमा अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको थियो । प्लान्टममा भएका अन्य श्रमिकलाई भने उद्धार गरिएको शाहले जानकारी दिए ।