कुम्भ

0
80

कुम्भ राशि (गू, गे, गो, सा, सी, सू, से, सो, दा सें) २०८० भाद्र ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल

कुम्भ राशिका लागि साता मिश्रित रहनेछ। साताको प्रारम्भमा अष्टम भावमा चन्द्रमाको गोचरका कारण स्वास्थ्य कमजोर रहनेछ । खर्च बढ्ने र अनावश्यक विवाद उत्पन्न हुन सक्छ।

तपाईका विपक्षीहरूले आफ्नो शिर उठाउन सफल हुनेछन्। व्यवसायमा धेरै प्रकारका उतारचढावहरू देख्न सकिन्छ। तर मंगलबारबाट दिनहरु शुभ रहनेछन् ।

प्रेम र पारिवारिक जीवन सकारात्मक रहनेछ। बालबालिकासँग पारिवारिक यात्रामा गएर रमाइलो वातावरण कायम गर्न सकिन्छ। विद्यार्थीहरुको अध्ययनमा रुचि रहनेछ ।