तुला

0
75

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) २०८० भाद्र ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल

तुला राशिका लागि यो साताको आइतबार र सोमबार अनावश्यक यात्रा, धन खर्च र चिन्ता बढ्नेछ। तर मंगलबारबाट स्थितिमा सुधार आउनेछ । आफ्नो मेहनतको उचित मूल्य पाउनुहुनेछ। धन प्राप्त हुनेछ।

यो साता शत्रुहरू पराजित भए स्वास्थ्य अवस्था पनि बलियो रहनेछ। मंगलबार र बुधबार तपाईका लागि विशेष दिन हुन्। आफन्तजनसँग रमाइलो कुराकानी हुनेछ, मिठो भोजन प्राप्त हुनेछ।

प्रेम र पारिवारिक सम्बन्ध पनि यो साता मधुर रहनेछ। व्यापारमा सफलता मिल्नेछ । विद्यार्थीका लागि पनि यो साता राम्रो छ ।