कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) २०८० भाद्र ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल
कन्या राशिका लागि यो साता शुभ रहेको छ । साताको प्रारम्भमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने भएकाले मान–सम्मान वृद्धि हुने साता हुनेछ । मन प्रफुल्लित रह्यो भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ ।
त्यसैगरी, यदि तपाईंको आत्मविश्वास उच्च छ भने, तपाईंको विचारको सर्वत्र प्रशंसा हुनेछ। आर्थिक अवस्था बलियो रहनेछ। व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ ।
कार्यस्थलमा तपाईको कामको उचित प्रशंसा हुनेछ। भाइबहिनी र परिवारका अन्य सदस्यहरूबाट सल्लाह लिनु राम्रो हुनेछ। अप्ठ्यारो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अध्ययन(अध्यापन कार्य सफल हुनेछ। प्रेम सम्बन्धमा सामान्य असहमति भए पनि ठूलो समस्या आउने छैन ।