सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) २०८० भाद्र ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल
सिंह राशिका लागि यो साता शुभ रहेको छ । धनको घरमा चन्द्रमाको गोचरबाट साताको सुरुवात हुनाले तपाईको वाणीको प्रभाव बढ्नेछ। रचनात्मक र अभिव्यक्त क्षमतामा बृद्धिले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
व्यापार व्यावसायमा उचित लाभ हुनेछ । दाजुभाइको साथ र सहयोगले व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीहरुको अध्ययनमा रुचि रहनेछ । परिवारमा सद्भाव र शान्ति बढ्नेछ। प्रेम सम्बन्ध मधुर रहनेछ। बिहीबार र शुक्रबार अपेक्षाकृत कमजोर दिनहरू छन्।
कुल मिलाएर, घरमा खुशीको वृद्धि हुनेछ र साथसाथै तपाईंको लोकप्रियता पनि बढ्नेछ। साताको उत्तरार्धमा व्यापार व्यवसाय तिब्र गतिमा अगाडि बढ्नेछ । यस अवधिमा बजारमा अड्किएको तपाईंको पैसा आश्चर्यजनक रूपमा सजिलै बाहिर आउनेछ।