काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । उनले ५२ हजार ३० मत ल्याउँदै मेयरमा निर्वाचित भएकी हुन् ।
आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका विजय सुवेदीलाई करिब साढे १२ हजार मतले पछि पार्दै रेनुले मेयरमा विजय हासिल गरेकी हुन् । सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन् ।