बालेन शाहले कटाए ५० हजार मत

0
23

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । उनले करिब एकलाख ५० हजार मत गनिसक्दा उक्त मत प्राप्त गरेका हुन् ।

उनको पछिपछि नेपाली काग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत प्राप्त गरेकी छन् । यसैगरी, नेकपा एमालेका केशव स्थापितले ३० हजार ३० मत प्राप्त गरेका छन् ।

अहिलेसम्म महानगरको १,२ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ र ३२ वडाको मतगणना सकिएको छ ।