‘नम्बरी सुन’ मा नम्रता

0
16


काठमाडौं । निकट भविष्यमा नै बन्न लागेको फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’ मा नायक आमेश भण्डारीसँग नम्रताको जोडी बाधिनेछ ।

यस फिल्ममा अन्य कलाकार राजामार पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने बताइएको छ ।

निर्मता खातीको कथा तथा गीत लेखन रहेको यस फिल्म ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निमार्ण हुने निर्देशक गिरीको भनाइ छ । फिल्म आगामी माघ २० गतेबाट छायांकन हुने बताइएको छ ।