‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक, पुस १५ बाट प्रदर्शनमा आउँदै

0
21

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को विहीबार ट्रेलर सार्वजनिक गरिएको छ । आगामी पुस १५ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रमा अभिनेता आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरीको मुख्य अभिनय रहेको छ ।

ट्रेलर सार्वजनिक गदै अभिनेता आर्यनले ‘डिसेम्बर फल्स’ निकै महत्वपूर्ण रहेको र दर्शकले मनपराउने बताए । फिल्ममा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शीशिर राणालगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।