‘प्रसाद २’ को छायांकन शुरु

0
20

काठमाडौं । चलचित्र ‘प्रसाद २’ ले विहीबारबाट छायांकन शुरु गरेको छ । नायक विपिन कार्की र नायिका केकी अधिकारीको मुख्य अभिनय रहेको यस चलचित्रको छायांकन ४० दिनसम्म चल्ने बताइएको छ ।

निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा केकी अधिकारी, विपिन कार्की, अर्पण थापा, कमलमणी नेपाल, विशाल पाहाडी, निमा पाण्डे लगायतको अभिनय रहने छ ।

चलचित्र प्रसाद पहिल्यै हिट भइसकेको चलचित्र हो । प्रसाद हिट भएपछि त्यसैको सिक्वेलको रुपमा प्रसाद २ निर्माण हुन लागेको हो ।