काठमाडौं । एक दशक अघि निकै चर्चामा आएकी निहिता विश्वास फेरी एकपटक मिडियामा छाएकी छन् । कुख्यात सिरियल किलर ठहर भएका चाल्र्स शोभराजसँग १२ वर्षअघि जेलमा नै विवाह गरेको भनि उनले चर्चा बटुलेकी थिइन् ।
शुक्रबार शोभराजलाई जेलमुक्त गर्दै अध्यगमन विभाग लगेसँगै उनी पनि अध्यगमन विभाग आफ्नी आमासँग पुगेकी थिइन् । तर, उनको भेट शोभराजसँग नभएको बताइएको छ ।
सर्वोच्च अदालतले २०६७ सालमा शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । यो फैसालाको विरोध कसैले गरेको थियो त उनकै प्रेमिका निहिताले । १२ वर्ष पछि निहिताले शोभराजका पक्षमा बहस गर्दै छुटाउन सफल पनि भएकी छन् ।
तर, उनै निहितालाई सोभराजले भेट्न नमानेको बताइएको छ । उनले अध्यगमन विभागमा मिडियासँग कुरा गर्दै शोभराजलाई नेपालमा रहँदा सुरक्षित रहन्छन कि रहदैन् भन्ने चिन्ता व्यक्त गरेकी छन् ।