अन्ततः लागू गराएरै छाड्नु भयो संचारमन्त्री शर्माले टेलिभिजनमा ‘आला कार्ट’ प्रणाली

0
123

काठमाडौं । नेपाली नागरिकले आफूले चाहेको मात्र टेलिभिजन च्यानल सशुल्क हेर्ने पाउने भएका छन् । आफूले चाहेका सशुल्क टेलिभिजन मात्र हेर्ने र त्यसको मात्र शुल्क तिर्ने व्यवस्था गर्न लगाएको ‘आला कार्ट’ प्रणाली आजबाट कार्यान्वयनमा आएको हो ।

नेपालमा आला कार्ट प्रणाली लागू नगरियोस भन्दै भारतीय प्रसारहरूले निकै दवाव पनि दिएका थिए तर, गत २०७९ चैत १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री स्तरीय निर्णयबाट विदेशी ‘पे च्यानल’ हेरेबापत दर्शकसँग मनपरी शुल्क असुली रोक्न आला कार्ट लगाउने निर्णय गर्नु भएको थियो ।

सो सँगै असार मसान्तको रातिसम्म सबैले आ आफ्नो बुके र रेट सूचना तथा प्रसारण विभागमा पेश गरेसँगै अब सरकारले शुल्क तोकेर लागु हुनेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन हेर्ने ग्राहकसँगबाट ५ सय रुपैयाँभन्दा बढी शुल्क असुल्न नदिन –आला कार्ट मूल्य प्रणाली तथा शुल्क निर्धारण गर्ने निर्णय गरेकोमा भारतीय ब्रोटकास्टर संस्थाले सो निर्णय खारेज गर्न दबाब दिएको थियो । तर सरकारले उनीहरू आला कार्टमा नआए साउन १ देखि विदेशी सशुल्क च्यानल बन्द गर्ने सूचना जारी गरेपछि उनीहरू नै बाध्य भएर आएका हुन् ।

अब साउन १ गतेदेखि टेलिभिजन च्यानल हेरेबापत उपभोक्ताले न्यूनतम २५० शुल्क मात्र तिर्ने र पे च्यानल छानेर आफूले हेर्न चाहेको मात्र लिने र सोबापत ३०–४० रुपैयाँसम्म शुल्क मात्र लिनुपर्नेछ ।

सूचना तथा प्रसारण विभागले नेपालमा डाउनलिंक अनुमति लिएका ६ वटा पे टिभी च्यानलहरूलाई नेपाली मिति अनुसार असार २८ भित्र आ आफ्नो च्यानलको बुकेट तथा त्यसको दर रेटको जानकारी गराउन भनेकोमा असार मसान्तमा सबैले पठाएका छन् ।

नेपालमा स्टार इण्डिया, सोनी, जी, कलर्स, डिस्कभरी र एचबिओ जस्ता ६ वटा विदेशी सशुल्क टेलिभिजन च्यानलले डाउनलिंक अनुमति लिएको बताइएको छ । अहिलेसम्म नेपाली दर्शकले चाहेपनि नचाहेपनि भारतीय च्यानलहरूले जस्तो सामग्री प्रसारण गरे त्यही हेर्न बाध्य थिए ।