अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारका लागि सविता उप्रेती छनोट

0
92

काठमाडौं । सामाजिक अभियान्ता सविता उप्रेती भारतीय मानव अधिकार परिषदबाट अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट हुनु भएको । अटिजम भएका बालबालिकाका लागि काम गर्दै आउनु भएकी उप्रेती छनौट हुनुभएको हो ।

उक्त पुरस्कार आगामी डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा भारतको नयाँदिल्लीमा आयोजना हुने १३ औँ अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने छ ।

उप्रेतीले मानव अधिकार, शान्ति, करुणाका साथै बहुआयामिक मानवीय सेवामा अथक र निस्वार्थ रूपमा काम गरेको, युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो ।

ठूलो व्यक्तिगत जोखिम उठाएर र त्याग गरेर शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तिकरण तथा बालबालिकाको सेवामा काम गर्ने विश्वभरका महिला यो पुरस्कारका लागि योग्य मानिन्छन् ।

सबिताले १३ वर्षदेखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र ९क्क्म्च्ऋ० स्थापना गरी अटिजम बालबालिकाहरुको सेवामा काम गर्दै आउनु भएको छ। हाल यस संस्थाको काठमाडौंको नरेफाँट, गोठाटार र भक्तपुरको ताथलीमा शाखा छ । ती तीन ठाउँमा गरी ६० जना बालबालिका र किशोरकिशोरीलाई विशेष शिक्षा र थेरापी सेवा प्रदा नगर्ने गरिन्छ ।

जागिरको क्रममा फिल्डमा जाँदा अटिजम भएका बालबालिकाहरुलाई घरमा साङ्लो र डोरीले बाधेर राखेको नाजुक अवस्था देखेर सविताले त्यस्ता बालबालिकाको सेवामा काम गर्ने प्रेरणा पाउनु भएको थियो ।