अफ्रिका भ्रमणमा क्रिकेट टिमसँगै सन्दीपलाई नलैजाने

0
335

काठमाडौं । एकदिवसीय विश्वकपका लागि सन्दीप लामिछाने अफ्रिका भ्रमण टोलीमा पर्नु भएको छैन् । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहनु भएका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

क्यान्का अनुसार एक साताभित्रै अदालती प्रक्रिया भएका कारण उहाँलाईलाई यो भ्रमणमा राख्न नसकिएको हो ।
विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीप पनि हुनुहुन्छ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार पनि सन्दीप विरुद्धको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीश शंकरबहादुर राईले पीडितको तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदनउपर सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएपछि रोकिएको हो । नेपाली टिम मंगलबार राति साढे २ बजे दक्षिण अफ्रिका प्रस्थान गर्नेछ ।