आईएमई अटोमोटिभ एस्कर्ट्सद्वारा महिलालाई निःशुल्क हेभी इक्यूपमेन्ट अपरेटर तालिम

0
70

ठमाडौं । आईएमई अटोमोटिभ एस्कर्ट्सले महिलाहरुका लागि निःशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर ब्याक हो लोडर तालिम सञ्चालन गरेको छ । महिलालाई सीप प्रदान गर्न र उनीहरुलाई दक्ष बनाउनका लागि यो तालिम प्रदान गरिएको आयोजकले बताएको छ ।

बिहीबारदेखि सञ्चालन भएको तालीमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले यस तालिमले महिलाले सीप आर्जन गरी रोजगारीको अवसर पाउने बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सीप मूलक तालिम प्रदान गर्न सके महिला बेरोजगार बस्नु नपर्ने र विदेशमा जाँदा पनि उच्च तलबमा जान सक्ने बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नु भयो ‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौं । तर समय बदलिएकोसँगै, हेभी इक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तपाईंहरु पनि त्यो पुरातन सोंच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ ।

तपाईंहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ’ । तालिममा १५ जना महिलाहरु सहभागी हुनुहुन्छ ।