आज सुनको मूल्य तोलामा एक हजारले घट्यो

0
178

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एघार हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एघार हजार एक सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य तोलाको एक लाख बाह्र हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले घट्दै प्रतिताोला १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।