आज सुनको मूल्य तोलामा तीन सयले घट्यो

0
38

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सयले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार २ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो बुधबार सुनको मूल्य तोलामा पाँचसयले वृद्धि भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख सात हजार सात सय रुपैयाँ कायम रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेका छ ।