आज सुनको मूल्य तोलामा ६ सयले घट्यो

0
88

आइतबार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रुपैयाँ रहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ९ हजार ८ सय रूपैयाँ रहेको थियो । चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।