आज सुन तोलामा एक हजारले बढ्यो

0
37

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजारले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख नौं हजार २ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो विहीबार सुनको मूल्य तोलामा ३ सयले घट्दै प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँ कायम रहेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँ कायम रहेका छ ।